साझा पार्टीले केन्द्रीय समिति विस्तार गरेको छ।
शरदराज पाठक र रजनी केसीलाई सोमबार पार्टी केन्द्रीय कार्यालय बखुन्डोलमा बसेको बैठकले केन्द्रीय सदस्य मनोनित गरेको प्रवक्ता सूर्यराज आचार्यले जानकारी दिए।
पाठक स्थापनाकालदेखि नै साझामै थिए भने गत निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट उम्मेदवार पनि थिए। केसी हालै नेपाली कांग्रेस छाडेर साझा प्रवेश गरेकी हुन्। उनी महिला संघमा पनि क्रियाशील थिइन्।