राष्ट्रिय जनता पार्टी (राजपा) को अध्यक्ष मण्डलको संयोजकमा महन्थ ठाकुर चयन भएका छन्।
सोमबारदेखि लागू हुने गरी अध्यक्ष मण्डलको संयोजक ठाकुरलाई दिइएको हो।
आइतबार पार्टीको केन्द्रीय कार्यालय बबरमहलमा बसेको बैठकले अध्यक्ष मण्डलको संयोजकमा पार्टी विधानअनुसार आलोपालो प्रणालीअनुसार ठाकुरलाई जिम्मेवारी दिइएको संयोजक राजकिशोर यादवले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।