प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई चिनियाँ कम्युनिष्ट पार्टीको भातृ संगठन बनाउन खोजेको बताएका छन्।
सोमबार राजधानीमा आयोजित कार्यक्रममा नेता खाँणले भने, ‘नेपालमा स्थापना हुने पार्टीहरू नेपाली पार्टी हुन्। विभिन्न विचार, चिन्तन र दृष्टिकोण होलान् तर उनीहरू जनताको बीचमै स्थापित हुने हो।’
तर अहिले नेपाल कम्युनिष्ट पार्टीभित्र चिनियाँ कम्युनिष्ट पार्टीको आर्थिक मोडालिटी मात्र हैन राजनीतिक मोडालिटीसमेत पछ्याउन तालिम सुरू भएको नेता खाँणले बताए।
‘चिनियाँ पार्टी कसरी चलेको छ? कसरी त्यहाँ नियन्त्रण गरेको छ? कसरी त्यहाँ शासनसत्ता चलाएको छ? त्यो खालको तालिम नेपाल कम्युनिष्ट पार्टीलाई दिन केही चिनियाँ विज्ञहरू अहिले काठमाडौं आएका छन्,’ नेता खाँणले भने।
उनले यो कुरा सबै नेपालीको लागि आपत्तिजनक रहेको बताए।