बलात्कारको आरोप लागेका प्रतिनिधिसभाका निवर्तमान सभामुख कृष्णबहादुर महराले दिएको राजीनामाबारे संसद् सचिवालयले औपचारिक जानकारी गराएको छ।
बुधबार सचिवालयका सचिव भरतराज गौतमले सूचना जारी गर्दै महराले दिएको राजीनामाबारे जानकारी गराएका हुन्।
सचिव गौतमले उपसभामुख शिवमाया तुम्बाहाम्फेको आदेशअनुसार प्रतिनिधिसभाको नियमावली, २०७५ को नियम २११ को उपनियम (२) बमोजिम सूचना जारी गरेको उल्लेख छ।