चीनका राष्ट्रपति सी चिनफिङ दुई दिने राजकीय भ्रमणका लागि शनिबार दिउँसो काठमाडौं आइपुगेका छन्।
भारतको चेन्नईबाट उडेको सी चढेको एयर चाइनाको विषेश जहाज केहीबेरअघि त्रिभुवन विमानस्थलमा अवतरण भएको हो।
पछिल्लो २३ वर्षमा नेपालको राजकीय भ्रमण गर्ने सी पहिलो चिनियाँ राष्ट्रपति हुन्।