नेपाली कांग्रेसले पार्टीबाट उम्मेदवार भई गाउँपालिका प्रमुख/उपप्रमुखमा विजयी भएका जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ।
उपसभापति विमलेन्द्र निधि संयोजकत्वको केन्द्रीय नीति, प्रशिक्षण प्रतिष्ठानले कात्तिक १ र २ गते भक्तपुरको बोडेमा प्रशिक्षण कार्यक्रम राखेको हो।
देशका तीन सय ९७ ठाउँमा कांग्रेसबाट उम्मेदवार भएकाहरूले चुनाव जितेका थिए। गाउँपालिकाबाट हुने कामकाज प्रभावकारी र जनमुखी बनाउन कांग्रेसले प्रमुख/उपप्रमुखलाई प्रशिक्षण दिन लागेको प्रतिष्ठानले जनाएको छ।