समाजवादी पार्टी नेपालको पदाधिकारी बैठक सोमबार बस्दैछ।
पार्टी कार्यालय बालकुमारीमा बस्ने बैठकमा पार्टी समायोजनको समीक्षा हुनेछ।
संघीय समाजवादी फोरम र नयाँ शक्तिबीच एकता भएपछि समायोजनका बाँकी काम पूर्णता दिनेबारे पनि बैठकमा छलफल हुने पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले जानकारी दिए।
‘संगठन विस्तार र सुदृढीकरण अभियानबारे पनि छलफल हुन्छ,’ उनले भने, ‘राजपालगायत पार्टी र संगठनहरूसँग एकता तथा ध्रुवीकरणबारे पनि छलफल गर्ने तयारी छ।’