बेलायतका राजकुमार विलियम र राजकुमारी केट पाकिस्तानमा आयोजित रात्रीभोजमा रिक्सा चढेर सहभागी भएका छन्।
शाही दम्पत्ति पाँच दिने भ्रमणका लागि पाकिस्तानमा छन्।
मंगलबार उक्त रात्रीभोज इस्लामावादका लागि बेलायती उच्च आयुक्तले आयोजना गरेका थिए। त्यहाँ पुग्न शाही दम्पत्ति रिक्सा चढेर गएका थिए।
राजकुमार विलियमले सेरवानी सुट र राजकुमारी केटले हरियो रङको चम्किलो गाउन लगाएकी थिइन्।
यसअघि उनले स्कुलका विद्यार्थीसँग भेटघाट गरेका थिए भने पाकिस्तानी प्रधानमन्त्री तथा पूर्वक्रिकेट कप्तान इमरान खानसँग खाजा खाएका थिए।
रात्रीभोज पाकिस्तानी संस्कृति झल्काउनका लागि आयोजना गरिएको बिबिसीले जनाएको छ।
उक्त भोजमा नेता, व्यापारी, गायकगायिका लगायतले सहभागिता जनाएका थिए।