सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बुधबार चियापान कार्यक्रम गरेको छ।
वडा दसैं, दिपावली, छठलगायत चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम भएको हो।
बुधबार दिउँसो १२ बजेदेखि सुरू भएको चियापान अपरान्हसम्म चलेको थियो।
प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाललगायत नेकपाले नेता चियापान कार्यक्रमलाई सम्बोधन पनि गरेका थिए।
चियापानमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरू रामशरण महत, अर्जुननरसिंह केसी, समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालगायत उपस्थित थिए।
नेकपाले राजनीतिक दल, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि लगायतलाई चियापानमा निम्ता गरेको थियो।
चियापान समारोहमा सेतोपाटीका नारायण महर्जनले खिचेका केही तस्वीरहरू: