सफ्टवेयरमा समस्या आएपछि बुधबार हुने भनिएको गैर-आवासिय नेपालीहरूको संगठन गैरआवासीय नेपाली संघ (एनआरएनए)को नयाँ नेतृत्वको चुनाव कागजी मतपत्रबाट हुने भएको छ।
अध्यक्षका प्रत्यासीमध्येका एक कुमार पन्तले विद्युतिय भोटिङ मेसिनको सफ्टवेयरमा समस्या आऐकाले मतदान बिहीबार बिहान १० बजेका लागि तय गरिएको बताए।
उनलाई अध्यक्षको नेतृत्वमा कुल आचार्यले टक्कर दिदैंछन्।
संगले बुधबार साँझ पाँच बजेदेखि राति १० बजेसम्म इलेक्ट्रोनिक भोटिङबाट नयाँ नेतृत्व छनौट गर्ने कार्यक्रम तय गरेको थियो।
तय गरिएअनुसार मतदान नहुनेभएपछि आक्रोशित केही सदस्यले निर्वाचन हुने ह्यात होटलमा नाराबाजी गर्दै तोडफोडसमेत गरेका थिए।