नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य गुणराज लोहनी पक्राउ परेका छन्।
चितवनको भरतपुर महानगरपालिका–११ बसेनी क्षेत्रबाट मंगलबार विहान प्रहरीले लोहनीलाई पक्राउ गरेको हो।
लोहनीलाई जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक दानबहादुर मल्लले बताए। लोहनीको स्वास्थ्य अवस्थालाई देखाउँदै पार्टीले सोमबार उनलाई निष्कासन गरेको जनाएको थियो।
लोहनी रातो खबरका सञ्चालकसमेत रहेको बताइएको छ। गत फागुनमा सरकारले विप्लव समूहका गतिविधिमाथि प्रतिवन्ध लगाएपछि सो समूहका नेता/कार्यकर्ताहरू पक्राउ परिराखेका छन्।