साझा पार्टीले मंसीर १४ गते हुने उपनिर्वाचनमा कास्की क्षेत्र नम्बर २ मा रजनी केसीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
पोखरामा बुधबार सकिएको केन्द्रीय समिति बैठकले केन्द्रीय सदस्यसमेत रहेकी केसीलाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका संयोजक रवीन्द्र मिश्रले जानकारी दिए। जिल्ला र क्षेत्रीय समितिको सिफारिसअनुसार केसीलाई उम्मेदवार चयन गरिएको उनले बताए।
गत वैशाखमा पोखरा विश्वविद्यालयको उपप्रशासक पदबाट राजीनामा दिएर केसी साझा पार्टीमा लागेकी थिइन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि कास्की २ रिक्त छ।