महिनौंसम्म आन्दोलनको कारण बनेको सुपुर्दगी विधेयक हङकङ सरकारले औपचारिक रूपमा फिर्ता लिएको छ।
'अब म औपचारिक रुपमा सुपुर्दर्गी विधेयक फिर्ता लिन्छु,' बुधबार हङकङ व्यवस्थापिकाका सुरक्षा सचिव जोन लीले जानकारी दिए।
आफ्नी गर्भवती प्रेमिका हत्या गरी हङकङमा लुकेका ताईवानी च्यान टोङ-काईलाई विदेश पठाउन कानुन नभएपछि त्यहाँको सरकारले सुपुर्दगी विधेयक ल्याएको थियो।
त्यो कानुनको आडमा चिनियाँ सरकारले हङकङमा भएका मानिसलाई आफूखुसी अपराधी ठहर्याएर लिन दबाब दिन सक्ने भन्दै सर्वसाधारणले त्यसको विरोध गरेका थिए।
त्यहाँको संसदमा विधेयक पेश भएसँगै हङकङमा तनाव बढेको थियो। प्रहरी र आन्दोलनकर्ता बीच कयौं पटक झडप भएको थियो।
हत्याको आरोपी च्यानले हङकङमा पत्रकारहरु समक्ष बोल्दै आफू ताइवान पुगेपछि आत्मसमर्पण गर्ने बताएका थिए।
मंगलबार ताइवान सरकारले च्यानलाई लिन प्रतिनिधिमण्डल पठाउने बताएपनि हङकङले अस्वीकार गरेको थियो।