कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरिएको छ।
सत्तारूढ समाजवादी पार्टी नेपालको विद्यार्थी संगठन समाजवादी विद्यार्थी युनियनले भारतले जारी गरेको नयाँ नक्साको विरोध गर्दै शुक्रबार त्रिविको घडी भवनअघि मोदीको पुत्ला जलाएको हो।
भारतले जारी गरेको नयाँ नक्सामा नेपाली भूमि कालापानी, लिपु लेक र लिम्पियाधुरालाई भारतमा देखाइएको भन्दै चर्को विरोध भइरहेको छ।
विभिन्न दलका विद्यार्थी संगठनले लैनचौरस्थित भारतीय दूतावासअघि गएर नयाँ नक्साको विरोधमा प्रदर्शन गरेका छन्।