ठगी मुद्दामा पूर्वअर्थ राज्यमन्त्री रूप ज्योति र उनकी छोरी सुरूचीलाई ज्योतिलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले तीनदिनको म्याद दिएको छ।
ठगी मुद्दामा बिहीबार बेलुका पक्राउ परेका दुवैलाई महानगरीय प्रहरी परिसर काठमाडौंले शुक्रबार हिरासतमा राख्ने अनुमति लिन काठमाडौं जिल्ला अदालत लगेको थियो।
‘ठगी मुद्दामा अनुसन्धान गर्न अदालतले तीन दिनको समय दिएको छ,’ परिसर प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले भने।
१ करोड ३६ लाख रुपैयाँ ठगी गरेको अभियोग ज्योतिमाथि लागेको छ। उनी प्रतिष्ठिच व्यापारिक घराना ज्योति एन्ड कम्पनीका सदस्य हुन्।
रूपज्योति भन्छन्- छाति दुख्यो भनेर अस्पताल सर्दिनँ, थुनामा बसेर झमेला पार लगाउँछु