नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले डा. गोविन्द केसीको विषयलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बेवास्ता गरेको बताएका छन्।
उनले आइतबार आफ्नो ट्वीटर मार्फत ट्वीट गर्दै केसीको सत्याग्रहलाई ओलीले बेवास्ता गरेको बताए। ‘यो संघर्ष तपाई हाम्रा लागि हो, आम नेपालीको गुणस्तरीय स्वास्थ्यका लागि हो’ थापाले भने, ‘सत्याग्रहलाई बेवास्ता गरिरहनुभएको प्रम ओलीलाई डा. केसीको अनशन बारेमा चिच्याएरै भनौं।’
उनले डा केसीको माग चाडो सम्बोधन गर्न र जीवन रक्षा गर्न माग राखेका छन्। गत सोमबारदेखि उनी डडेलधुरामा अनसनरत छन्। आइतबार डा. केसीको माग सम्बोधन नगरेको भन्दै डडेल्धुरामा सरकारी सवारीसाधन चलाउन रोक लगाइएको थियो।