अमेरिकाका पूर्वराष्ट्रपति जिम्मी कार्टर अस्पताल भर्ना भएका छन्।
९५ वर्षीय कार्टर लडेर मस्तिष्कमा रक्तस्राव भएपछि सोमबार साँझ ईमोरी युनिभर्सिटी अस्पतालमा भर्ना भएका हुन्।
कार्टर सेन्टरले भनेको छ- राष्ट्रपति आराम गर्दै हुनुहुन्छ, उहाँकी श्रीमती रोजालेन पनि संगै हुनुहुन्छ।’
कार्टर अमेरिकाका सबैभन्दा जीवित जेठा पूर्वराष्ट्रपति हुन्।
उनी सन् १९७७ देखि १९८१ सम्म अमेरिकाका ३९औं राष्ट्रपति भएका थिए।
उनले सन् २००२मा नोबेल शान्ति पुरस्कार पाएका थिए।
कार्टर २०६४ र २०७० सालमा संविधानसभाको चुनावका लागि दुई पटक नेपाल आएका थिए।