स्थानीय तहको मनोनयन दर्ता गर्न नेपाली कांग्रेसका कार्यकर्ता बाजागाजासहित निर्वाचन कार्यालय पुगेका छन्।
आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेसले घोराही उपमहानगरपालिका वडा नं. १६ मा ताराबहादुर डाँगीलाई उम्मेदवार बनाएको छ। जसका लागि निर्वाचन कार्यालय घोराहीले बुधबार मनोनयन दर्ताको समय तोकेको छ।
निर्वाचन कार्यालयले उपलब्ध गराएको समयमा नेपाली काँग्रेसका नेताहरू उत्साहका साथ नाच्दै गाउँदै घोराहीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ताका लागि पुगेका छन्।
घोराहीस्थित नेपाली कांग्रेसको पार्टी कार्यालयबाट सयौं कार्यकर्ता र अग्रज नेताहरू नाराजुलुस र बाजागाजासहित जान थालेपछि केहीबेर त्यसक्षेत्रमा ट्राफिकलाई यातायात व्यवस्थापन गर्न सकस भएको देखिन्थ्यो।
साना दलहरू पनि दलबलसहित मनोनयन दर्ता गर्न पुगेका छन् भने नेकपाले पनि शक्ति प्रदर्शनका साथ मनोनयन दर्ता गर्ने तयारी गरेको छ।