सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले ७७ जिल्लामा संयोजक र सहसंयोजक तोकेको छ।
तत्कालीन माओवादी केन्द्रको भातृ संगठन वाइसिएल नेपाललाई ३५ जिल्ला संयोजक दिइएको छ।
यस्तै, तत्कालीन नेकपा एमालेको संगठन युवा संघले ४२ जिल्लामा संयोजक लिएको छ।
युवा संघका संयोजक रामप्रसाद सापकोटा दीपशिखा र सहसंयोजक रमेश पौडेलले विज्ञप्ति जारी गर्दै जिल्ला संयोजक र सहसंयोजक तोकिएको उल्लेख गरेका छन्।
कतिपय जिल्लामा भने सहसंयोजक तय भइसकेका छैनन्। तर कसले कुन पद पाउने भन्ने भागबन्डा मिलिसकेको छ।
कात्तिक ३० गते केन्द्रीय कमिटीको सपथग्रहण तथा बैठक र मंसिर १ गते राष्ट्रिय भेला पनि राखिएको युवा संघले जनाएको छ।