नेपाल तरुण दलले निर्वाचन परिचालन समिति बनाएको छ।
मंसिर १४ गते हुने उपनिर्वाचनमा नेपाली काङ्ग्रेसका उम्मेदवारलाई विजयी बनाउन तरुण दलले केन्द्रीय उपाध्यक्ष उत्तमकुमार चापागाईंको नेतृत्वमा केन्द्रिय चुनाव परिचालन समिति गठन गरेको हो।
केन्द्रीय अध्यक्ष जितजङ्ग बस्नेतले दिएको जानकारीअनुसार समिति सदस्यमा उपनिर्वाचन हुने ३७ जिल्लाका तरुण दल अध्यक्षहरु छन्।
तरुण दलको शुक्रबार बसेको केन्द्रिय समिति बैठकले कोषाध्यक्ष विद्वान गुरुङको संयोजकत्वमा उपनिर्वाचनका लागि केन्द्रिय अनुगमन समिति पनि बनाइएको उनले बताए।