प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक भेटघाटसँगै अन्य भेटघाट पनि गर्न थालेका छन्।
प्रधानमन्त्री ओली आज प्रधानमन्त्री निवास बालुवाटारमा शिक्षण अस्पतालमा सुरू गरिएको कलेजो प्रत्यारोपणबारे जानकारी लिएका छन्।
त्रिवि शिक्षण अस्पतालमा सुरु भएको कलेजो प्रत्यारोपण र आवश्यक पर्ने उपकरण अनि जनशक्तिको विषयमा जानकारी गराउन त्रिवि शिक्षण अस्पतालका कलेजो प्रत्यारोपण सर्जन रमेशसिंह भण्डारी बालुवाटार पुगेका थिए।
त्रिवि शिक्षण अस्पतालले कलेजो प्रत्यारोपण सुरु गरेकोमा प्रधानमन्त्री ओलीले खुशी व्यक्त गरेको र कलेजो प्रत्यारोपणका लागि चाहिने सहयोगबारे समेत जिज्ञासा राखेको डा भण्डारीले सेतोपाटीलाई बताए।
शिक्षण अस्पतालमा तीन जनाको कलेजो प्रत्यारोपण भएको छ। अस्पतालमा पहिलो पटक जेठमा कलेजो प्रत्यारोपण भएको थियो।