लौनचौरस्थित भारतीय दुतावास नजिक प्रदर्शन गर्ने नेपाल विद्यार्थी संघका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।
भारतले जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपालका भूमि समावेश भएको विरोधमा आइतबार प्रदर्शन गरेका नेविसंघलाई प्रहरीले पक्राउ गरेको हो।
नेविसंघका पूर्वमहामन्त्री कुन्दनराज काफ्लेले विज्ञप्ति जारी गर्दै प्रहरीले पक्राउ गरेका कार्यकर्तालाई रिहाइ गर्न माग गरेका छन्।
प्रहरीले नवराज त्रिपाठी, मनिष सिंखडा, दीपक ओझा, सरोज थापा, सन्तोष पाण्डे, दिपेश ओलीलाई पक्राउ गरेको हो।
नेविसंघले कालो ब्यानर र कालो बेलुन उडाएर कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूमि भएको भन्दै प्रदर्शन गरेका थिए।