श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति गोतभाया राजपाक्षले बुद्धको जन्मभूमिका रूपमा नेपालको श्रीलंकालीका मुटुमा विशेष स्थान रहेको बताएका छन्।
प्रधानमन्त्री के पी शर्मा ओलीले राजापाक्षेलाई राष्ट्रपति निर्वाचित भएकोमा ट्विटरमार्फत दिएको बधाई फर्काउँदै उनले सो कुरा बताएका हुन्।
ट्विटरमार्फत नै ओलीलाई धन्यवाद दिदै राजापाक्षेले सार्क क्षेत्रको आर्थिक सम्वृद्धि र शान्तिपूर्ण सहअस्तित्वका लागि काम गर्ने बताएका छन्। उनले ओलीसँग चाँडै भेट्ने आशा व्यक्त गरेका छन्।
राजापक्ष पूर्वराष्ट्रपति महिन्दा राजापाक्षे भाइ हुन्। उनले श्रीलंकामा तामिल विद्रोहीलाई दबाउन मुख्य भूमिका खेलेका थिए।