श्रीलंकाका प्रधानमन्त्री राणिल विक्रमासिंघेले राजीनामा दिने भएका छन्।
राष्ट्रपतिको चुनावमा युनाइटेड नेसनल पार्टीले हारेपछि उनले राजीनामा दिन लागेको स्रोतलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ।
उनले बुधबार यसबारे विज्ञप्ति जारी गरे पनि बिहीबारमात्रै सरकार छाड्ने छन्।
नवनिर्वाचित राष्ट्रपति गोटभाया राजापक्षेले नयाँ क्याबिनेट गठन गर्ने भएपछि उनले राजीनामा दिन लागेको श्रीलंकाका सञ्चारमाध्यमले जनाएका छन्।
मंगलबार विक्रमासिंघेले राष्ट्रपतिसँग यसबारे कुराकानी गर्न भेटघाट गरेका थिए।
गत शनिबार भएको राष्ट्रपतिको निर्वाचनमा राजापाक्षेले युनाइटेड नेसनल पार्टीका सजिथ प्रमदासालाई १३ लाखभन्दा बढी मतले पराजित गरेका थिए।