मन्त्रीमन्डल पुनर्गठनपछि पहिलो पटक बिहीबार साँझ मन्त्रिपरिषद बैठक बस्दै छ।
५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बैठक बस्ने प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
‘५ बजेका लागि मन्त्रिपरिषद बैठक बोलाइएको छ,’ थापाले सेतोपाटीसँग भने, ‘प्रधानमन्त्रीले नयाँ मन्त्रीहरू र सचिवहरूलाई राखेर विशेष निर्देशन दिनुहुन्छ।’
प्रधानमन्त्रीले मन्त्री र राज्यमन्त्री गरी नौ मन्त्री समेटेर मन्त्रीमण्डल पुनर्गठन गरेका थिए।