पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका नेता माधवकुमार नेपालसँग भारतीय राजदूत मञ्जीव सिंह पुरीले बिदाइ भेट गरेका छन्।
डिसेम्बर ३१ देखि पुरी नेपालबाट फर्किदैछन्।
सोमबार बिहान कोटेश्वरस्थित नेपालको निवासमा पुगेका पुरी झण्डै १ घण्टा बसेका थिए।
दस बजेदेखि ११ बजेसम्म नेपाल र पुरीबीच नेपाल भारत सम्बन्धका धेरै विषयमा छलफल भएको नेपालको सचिवालयले जनाएको छ।