सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले उपनिर्वाचन भएका ठाउँबाट समीक्षा प्रतिवेदन पठाउने समय थप गरेको छ।
यसअघि सचिवालय बैठकले मंसिर २२ गतेसम्म समीक्षा रिपोर्ट पठाउन निर्देशन दिए पनि केही जिल्लाबाट रिपोर्ट नआएकोले पाँच दिन थप गरिएको हो।
सोमबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा पार्टी कार्यालय धुम्बाराही बसेको सचिवालय बैठकले पाँच दिनभित्र अनिवार्य रूपमा उपनिर्वाचनको रिपोर्ट पेश गर्न निर्देशन दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
‘उपनिर्वाचनको समीक्षात्मक रिपोर्ट बुझाउने समय पाँच दिन थप गरिएको छ,’ श्रेष्ठले पत्रकारहरूसँग भने।
रिपोर्ट प्राप्त भएपछि महासचिव विष्णु पौडेलले अर्को सचिवालय बैठकमा पेश गर्ने उनले बताए। नेकपाले मंसिर २७ गते सचिवालय बैठक डाकेको छ।