समाजवादी पार्टीको केन्द्रीय पदाधिकारीको बैठक आज दिउँसो दुई बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्दैछ।
बैठकमा संगठन विस्तार तथा सुदृढीकरण अभियान, केन्द्रीय नेताहरुको कार्यविभाजनका बारेमा छलफल हुनेछ। साथै, पछिल्लो राजनीतिक स्थितिको समीक्षा र आगामी कार्ययोजनाबारे पनि बैठकमा छलफल हुनेछ।
साथै बैठकले पार्टी एकतामा आँच पुग्ने हिसाबले गलत सन्देश जाने गरी पार्टीको जिम्मेवार पदमा बसेर भित्र वा बाहिर कोही बोल्छ भने त्यसलाई अनुशासनको कारवाही गर्ने विषयमा पनि निर्णय गर्नेछ।
विगत केही दिनयता केही मिडियामा गलत नियतका साथ केही नेताको उद्दरण सहित समाचार आएकोमा अध्यक्षद्वय उपेन्द्र यादव र बाबुराम भट्टराईबीच गम्भीर छलफल पनि भएको छ।
दुई अध्यक्षबीच आगामी दिनमा पार्टी एकतामा आँच आउने कार्य पार्टी भित्रकै जिम्मेवार नेताबाटै हुन्छ भने त्यसलाई गम्भीर रुपमा लिएर आवश्यक अनुशासनको कारवाही प्रक्रिया अगाडि बढाउने सहमति भएको पार्टीको प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले बताए।