प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्यमा तीव्र सुधार भइरहेको जानकारी गराएका छन्।
आइतबार बालुवाटारमा बसेको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकमा केहीबेर उपस्थित भएका प्रधानमन्त्री ओलीले स्वास्थ्यमा सुधार भइराखेको बताएका हुन्।
बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली केहीबेर सचिवालय बैठकमा उपस्थित भएको बताए।
‘अध्यक्ष एवम् प्रधानमन्त्रीले केही समय बैठकमा सहभागिता जनाउनुभयो। प्रधानमन्त्रीले आफ्नो स्वास्थ्यको बारेमा बैठकमा जानकारी गराउनुभयो। तीव्र गतिमा स्वास्थ्य सुधार भइराखेको बताउनुभयो,’ श्रेष्ठले भने, पुरै समयमा बैठकमा रहनु भएन। त्यसपछि बैठकले कार्यसूचीहरु तय गर्यो। स्थायी समितिका लागि। त्यो कार्यसूचीमा अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन पेश गर्ने छ। जुन दुई अध्यक्षले परामर्शमा तयार गर्नु भएको हो।'
बैठकले प्रधानमन्त्रीको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको उनले बताए।
नेकपा स्थायी कमिटी बैठकका एजेन्डा तय गर्न सचिवालय बैठक बसेको थियो। दिउँसो १ बजे धुम्वाराहीमा बैठक बस्नेछ।
प्रधानमन्त्री ओलीको मंसिर १० गते एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो।
यो पनि:
यी हुन् नेकपा स्थायी कमिटीमा छलफल हुने पाँच एजेन्डा
प्रचण्डले तयार पारेको प्रतिवेदनमाथि नेकपा सचिवालय बैठकमा छलफल