सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा गुट झाँगिदै जान थालेको टिप्पणी गरेका छन्। स्थायी समितिमा कार्यकारी अध्यक्षको हैसियतमा प्रचण्डले पेश गरेको प्रतिवेदनमा पार्टी संस्थागत नभएको टिप्पणी समेत गरेका छन् ।
'पार्टी संस्थागत छैन। बरु विभिन्न प्रकारका गुटहरु झाँगिदै जान थालेका छन् । पार्टी भित्र घात, अन्तर्घात र अराजतकताका प्रवृतिहरु बढिरहेका छन्', प्रचण्डले प्रतिवेदनमा भनेका छन्, 'पार्टी अनुशासनको स्तर दयनिय अवस्थामा छ। पार्टी अनुशासनको स्थान गुट अराजकताले लिने खतरा दिनप्रतिदिन बढ्दै गएको छ। आलोचना, आत्मआलोचना, राम्रो काम गर्नेलाई प्रोत्साहन, गल्ति गर्नेलाई दुरुत्साहन गर्ने जस्ता सजिव र गतिशील क्युनिष्ट पार्टीका निम्ति अपरिहार्य विधि र प्रणालीको पालना भइरहेको छैन।’
प्रचण्डले पार्टी र सरकारका विरुद्ध जनतामा भ्रम छर्ने गरि पार्टी अनुशासन र पद्दति विपरित बोल्ने, लेख्ने, पार्टी नीति विपरित भेला बैठक बन्द गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । 'अनुशासन काम गर्नेहरुलाई कारवाहीको दायारामा ल्याउनुपर्छ', प्रचण्डको प्रतिवेदनमा भनिएको छ।