संसदीय सुनुवाइ समितिमा न्याय परिषद्का लागि सिफारिस भएका लक्ष्मीबहादुर खड्का निरालाविरुद्ध कुनै पनि उजुरी परेको छैन।
समितिको आइतबारको बैठकमा निरालाविरुद्धको उजुरीमाथि सुनुवाइ गर्ने तय भए पनि उनीविरुद्ध कुनै पनि उजुरी नपरेको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए।
निरालाविरुद्ध उजुरी दिनका लागि समितिले १० दिनको म्याद दिएको थियो। यहीँ पुस ३ गते मन्त्रिपरिषद्को बैठकले निरालालाई परिषद् सदस्यका लागि सिफारिस गरेको थियो। उनको आजै समितिमा सुनुवाइ हुँदैछ।