प्रदेश २ को राष्ट्रियसभा निर्वाचनमा नेकपा राजपा गठबन्धनबाट अल्पसंख्यक कोटामा उम्मेदवारी दिएका शेखर सिंह विजयी भएका छन्।
उनले नेपाली कांग्रेस र समाजवादी पार्टीको गठबन्धनबाट उम्मेदवारी दिएका भोला पजियारलाई पराजित गरेका हुन्।
सिंहले ५ हजार ५ सय २ मतभार ल्याएका छन् भने पजियारले ४ हजार ५ सय १२ मतभार ल्याए।
अल्पसंख्यक कोटाको परिणाम आएसँगै राष्टियसभाको प्रदेश २ को निर्वाचनमा चार वटै सिटमा नेकपा-राजपा गठबन्धनले विजयी हासिल गरेको छ।
नेकपा राजपा-गठबन्धनबाट महिलातर्फ तुलसा दाहाल, खुलातर्फ मृगेन्द्र सिंह र दलिततर्फ राधेश्याम पासवान विजयी भइसकेका छन्।