मकवानपुरको दामनस्थित एभरेस्ट पानारोमा रिसोर्टमा मृत्यु भएका आठ भारतीय नागरिकको परिवारलाई केरलाको मुख्यमन्त्रीले क्षतिपूर्ति दिन माग गर्दै विदेशमन्त्रीलाई चिठी लेखेका छन्।
गत मंगलबार केरलाका नागरिकको मृत्यु भएपछि त्यहाँका मुख्यमन्त्री पिनाराई विजयनले भारतका विदेशमन्त्री एस जयशंकरलाई नेपालसँग क्षतिपूर्तिको माग राख्न चिठी पठाएको भारतीय सञ्चार द न्युज मिनेटले दाबी गरेको छ।
साथै, मुख्यमन्त्री विजयनले यस घटनाको विस्तृत अनुसन्धानको विवरण समेत माग गरेका छन्।
आइतबार मुख्यमन्त्री विजयनले मृतक प्रविणकृष्ण नायरको परिवारसँग भेटघाटसमेत गरेका थिए।
गत मंगलबार दामनको एभरेष्ट पानारोमा रिसोर्टमा दुई परिवारका आठ सदस्यले ज्यान गुमाएका थिए।
मृत्यु हुनेमा ३८ वर्षीय रन्जित कप, ३४ वर्षीया इन्द्र, ३७ वर्षीय प्रवीण, ३२ वर्षीया सरिया, ५ वर्षीय अभि, ७ वर्षीया अर्चना, ५ वर्षीय वैशनव र ९ वर्षीया बन्द्रा थिए।
रिसोर्टमा बास बसेका उनीहरू बिहान बेहोस् अवस्थामा फेला परेपछि उपचारका लागि काठमाडौं ल्याइएकोमा सबैको मृत्यु भएको थियो।
सम्बन्धित समाचार :
बीच बाटोमै छुटे केरलाबाट सँगै आएका साथी
दामनको रिसोर्टमा एउटा कोठामा सुतेका आठ भारतीयको मृत्यु, अर्को कोठामा सुतेका सात जना सुरक्षित