नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरू भएको छ।
दिउँसो १ बजे बोलाइएको बैठक पाँच घण्टा ढिलो गरी सुरू भएको हो।
‘अहिले बैठक जारी छ,’ पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सेतोपाटीसँग भने।
गत शुक्रबार सभापति शेरबहादुर देउवा निवासमा भएको सहमतिबारे पौडेल पक्षका केन्द्रीय सदस्यहरू आश्वस्त हुन नसकेपछि बैठक समयमा बस्न सकेको थिएन।