सभामुख अग्नि सापकोटा र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको भेटमा सापकोटाका छोरा रुपक सापकोटाले ट्रान्सेलटरको भूमिका निभाएका छन्।
सभामुखको सपथ लिएलगत्तै सापकोटालाई भेट्न चिनियाँ राजदूत हाउ यान्छी संघीय संसद सचिवालय पुगेकी थिइन्।
राजदूत यान्छीले नवनिर्वाचित सभामुख सापकोटालाई बधाई दिन गएकी हुन्।
सभामुख भएपछि सबभन्दा पहिला भेट्ने कूटनीतिज्ञ नै चिनियाँ राजदूत हुन्।
सभामुख र राजदूतबीचको कुराकानीलाई रुपकले सहजीकरण गरेको भिडिओमा देख्न सकिन्छ।
चिनियाँ राजदूतले चिनियाँ भाषामा बोलेको कुरालाई रुपकले नेपाली भाषामा उल्था गरेर सभामुख सापकोटालाई बुझाएका छन्।
त्यस्तै, सभामुख सापकोटाको भनाइलाई चिनियाँ भाषामा उल्था गरेर रुपकले राजदूत यान्छीलाई सुनाएका छन्।
उनीहरूबीच आधा घण्टा कुराकानी भएको थियो।
रुपक सभामुख सापकोटाका माइला छोरा हुन्। उनी परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उपकार्यकारी निर्देशक समेत हुन्।
रुपकले चीनको रनवीन विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधी गरेका छन्।