नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले वर्तमान सरकारले देशलाई पछाडि धकेलेको बताएका छन्।
सुनसरीको रामधुनी नगरपालिकामा बुधबार थापाले सरकारले देशलाई विकासको सट्टा बर्बादीतर्फ लगेको आरोप लगाए। बहुमतप्राप्त सरकारले देशलाई अहिले विकास निर्माणतर्फ अगाडि बढाउनुपर्नेमा त्यसविपरीतका कार्य गर्ने गरेको उनको भनाइ थियो।
कार्यक्रममा कांग्रेस सुनसरीका सभापति तथा प्रदेश नं १ को प्रदेशसभाका संसदीय दलका नेता राजिव कोइरालाले नेता थापालाई पार्टीको नेतृत्वमा आउन आग्रह गरेका थिए।