नेत्र विक्रम चन्द विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)का छोरा नरेन्द्र बहादुर विक पक्राउ परेका छन्।
सोमबार दिउँसो करिब १२ बजे विकलाई काठमाडौंको बानेश्वरबाट पक्राउ गरेको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए।
'उनलाई बानेश्वरबाट पक्राउ गरिएको हो,'एसएसपी थापाले सेतोपाटीसँग भने,'उनीहरूको समूहलाई प्रतिबन्ध लगाइएको भएर पक्राउ गरिएको हो।'
प्रहरीले विकलाई पक्राउ गरी थप अनुसन्धान थालेको छ।