रौतहटमा प्रहरीले गोली हानेर एक दर्जन भन्दा बढी मुद्दाका फरार अभियुक्तलाई नियन्त्रणमा लिएको छ।
कर्तव्य ज्यान, चोरी डकैतीलगायत मुद्दामा फरार रहेका रौतहट मौलापुर ८ सोनरनियाका अभय सिंह भन्ने कामेश्वर पटेल कुर्मीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी हेमबहादुर शाहीले जानकारी दिए।
मंगलबार राति बारा प्रहरीको सहयोगमा उनलाई चन्द्रपुर नगरपालिका-४ स्थित पूर्वपश्चिम राजमार्गबाट २०० मिटर दक्षिणतिर धन्सारबाट जंगलसहिया
जाने क्रममा नियन्त्रणमा लिइएको उनले बताए।
प्रहरीलाई देख्नासाथ उनले फायर खोल्न लागेपछि प्रहरीले ४ राउन्ड गोली हानेर हानेको थियो।
बाँया खुट्टामा दुई राउन्ड गोली लागेका उनको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको छ।
कुर्मीको साथबाट नलकटुवा पेस्तोल थान १ त्यसमा लाग्ने ५ राउन्ड गोलीसमेत बरामद भएको डिएसपी शाहीले बताए।
पक्राउ परेका कुर्मी तराई जन्तानत्रीक मुक्ती मोर्चाका इन्चार्ज भई काम गरेका थिए।