लामोसाँघु-चरिकोट जिरी सडक आयोजना कार्यालयमा तालाबन्दी गरेको आरोपमा चरिकोटका नागरिक अगुवा पक्राउ परेका छन्।
‘चरिकोट-खाडीचौर सडक ढिलासुस्तीविरूद्ध नागरिक खबरदारी’ अभियानका संयोजक चिरञ्जिबी मास्के, उपसंयोजक रमेश खतिवडा, सचिव गोकर्ण भण्डारी, सदस्य सिजनकुमार घिमिरे र ज्ञानबहादुर बस्नेतलाई प्रहरीले आइतबार पक्राउ गरेको हो।
आयोजना कार्यालयमा तालाबन्दी गरेको र खोल्ने विषयमा विवाद हुँदा आफूहरूलाई प्रहरी निरीक्षक रामचन्द्र घिमिरेको नेतृतवको प्रहरी टोलीले नियन्त्रणमा लिएको सचिव भण्डारीले जानकारी दिए।
यो पनि:
नगरकोटको सिको चरिकोटमा : काम नसक्ने ठेकेदारको फोटो पोल र गाडीमा
उनीहरूले सिन्धुपाल्चोकस्थित लिसंखु गाउँपालिका वडा नम्बर ६ मा रहेको सडक आयोजना कार्यालयमा ताला लगाएका थिए। प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर चौतारास्थित प्रहरी कार्यालय लगेको छ।
सडक कालोपत्र काम समयमै नभएको भन्दै ठेकेदारको फोटो टाँस्ने, सिठ्ठी फुकेर विरोध गर्नेलगायत काम नागरिक अगुवाहरूले गर्दै आएका छन्।