प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसदले झिनो स्वरमा आफूसँग गरेको कानेखुसीबारे संसदमा सुनाएका छन्।
पहिले मार्क्सवादी, समाजवादीजस्तो देखिने प्रधानमन्त्री ओली अहिले जताबाट हेर्दा पनि यतिवादीजस्तो देखिएको नेकपा सांसदले आफूलाई कानेखुसी गर्दै बताउने गरेको थापाले बताए।
मंगलबार संसदमा थापाले भने, ‘नेकपा कार्यकर्ताहरू ठूलो स्वरले बोल्न सक्दैनन्। संसदको लवीमा भेट्दै गर्दा झिनो स्वरमा कहिलेकाहीँ हामीलाई कानेखुसी गरेर भन्छन् हाम्रो प्रधानमन्त्री पहिलेपहिले मार्क्सवादीजस्तो देखिनुहुन्थ्यो। बीचमा समाजवादीजस्तो देखिन थाल्नुभयो। आजभोलि यताबाट हेरे पनि उताबाट हेरे पनि यतिबादीमात्रै देखिनुहुन्छ भनेर भन्छन् प्रधानमन्त्रीजी तपाईंलाई थाहा छ?’