मगर दिवसको अवसरमा पाल्पाका स्थानीय तहहरूले सार्वजनिक बिदा घोषणा गरेका छन्।
मगर दिवसको अवसरमा पाल्पाका छ वटा स्थानीय तहहरूले बिहीबार सार्वजनिक बिदा दिएका हुन्।
पाल्पा जिल्लामा १० वटा स्थानीय तह रहेका छन्।
बिदा घोषणा गर्ने स्थानीय तहहरूमा रामपुर नगरपालिका, निस्दी गाउँपालिका, पूर्वखोला गाउँपालिका, माथागढी गाउँपालिका, तिनाउ गाउँपालिका र बगनासकाली गाउँपालिका रहेका छन्।
पाल्पा जिल्लाभरि ५२ प्रतिशत भन्दा धेरै मगरहरूको बसोबास रहेको छ। जसमध्ये निस्दी गाउँपालिकामा ८७ प्रतिशत, पूर्वखोला गाउँपालिकामा ८४, माथागढी गाउँपालिकामा ७५ र तिनाउ गाउँपालिकामा ६० प्रतिशत मगर समुदायको बसोबास रहेको छ। अन्य स्थानीय तहहरूमा भने अन्य समुदाय जस्तै मगर समुदायको मिश्रित बसोबास रहेको छ।