संघीय निजामती सेवा विधेयक छिटो पारित गर्न सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद लालबाबु पण्डितले माग गरेका छन्।
बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीसमेत भइसकेका सांसद पण्डितले भने, ‘संघीय निजामती सेवा विधेयक १३ महिनादेखि अल्झेर बसेको छ। संघीयता कार्यान्वयनमा अप्ठ्यारो परेको छ।’
यस्तै, पण्डितले नागरिकता विधेयक पनि पारित गर्न माग गरेका छन्।
‘अंगिकृत नागरिकता पाएकाहरूको सन्तानले वंशजको आधारमा नागरिकता पाउन सकेका छैनन्। उनीहरूको पढाइमा समस्या भएको छ। छिटो नागरिकता विधेयक पारित गर्नुपर्छ।’