नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’का दाइ जयेन्द्र चन्दसहित छ जना पक्राउ परेका छन्।
आइतबार राति ८ बजेतिर महानगरीय प्रहरी परिसर जावलाखेलबाट खटिएको विषेश टोलीले विप्लव समूहका छ जनालाई पक्राउ गरेका हो।
'विप्लवका दाइसहित छ जनालाई पक्राउ गरेको हो,' परिसर प्रमुख एसएसपी टेकप्रसाद राईले भने,'उनीहरूसँग हातहतियार भने थिएन।'
पक्राउ परेका चन्द विप्लव समूहको नेपाल गणतान्त्रिक खेलकुद महासंघका केन्द्रीय अध्यक्ष हुन्।
पक्राउ पर्नेहरूमा विनोद चन्द, प्रेम कृष्ण, कमल सुनार, अनिल मगर र कृष्ण मगर छन्।
उनीहरूलाई हिरासतमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।