सरकारले कोरोनासम्बन्धी आफूखुसी खोलेका राहत कोष बन्द गर्न निर्देशन दिएको छ।
कोरोनासम्बन्धी उच्चस्तरीय समितिको मंगलबार बसेको बैठकले सरकारले नै कोष बनाइसकेको अवस्थामा अरूले बनाइरहनु जरूरी नहुने निर्णय गरेको हो।
सरकारका प्रवक्ता अर्थ र सूचना तथा सञ्चार प्रविधि मन्त्री युवराज खतिवडाले सरकारले बनाएकै कोषमा आर्थिक सहयोग गर्न सकिने बताए।
‘सरकारले कोष बनाइसकेको अवस्थामा सबै संस्थाले यसैमा आर्थिक संकलन गर्नु राम्रो हुन्छ,’ उनले भने, ‘कुनै संस्थाले यसबीचमा कोष खडा गरेको भए केन्द्रीय कोषमा एक साताभित्र रकम जम्मा गरिसक्नुपर्छ।’