प्रतिनिधिसभा बैठक १० दिन सरेको छ।
कोभिड-१९ को संक्रमण रोक्न सरकारले आवातजावतमा लगाएको प्रतिबन्धका कारण बैठक सरेको हो।
यसअघि चैत ७ गतेका लागि डाकिएको बैठक पनि सूचनामार्फत् चैत १३ गतेका लागि सारिएको थियो।
संसद सचिवालयले सूचना जारी गर्दै १३ गतेको बैठक २३ गतेका लागि सारेको हो।