भारत सरकारले कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणमा खटिनेको ५० लाख रुपैयाँको बीमा गरिदिने भएको छ।
महामारीको रूपमा फैलिरहेको कोरोनाभाइरस नियन्त्रणमा खट्ने हरेक स्वास्थ्य अधिकारी, चिकित्सक, सरसफाइका कामदार, स्वयम्सेवक लगायतको बीमा गर्न लागिएको हो।
बिहीबार भारतकी अर्थमन्त्री निर्मला सितारमणले पत्रकार सम्मेलन गर्दै कोरोनाभाइरससँग लड्ने हरेकलाई ५० लाख बराबरको बीमा गरिने घोषणा गरेको इकोनोमिक टाइम्सले जनाएको छ।
त्यस्तै कोरोनाभाइरसका कारण मर्कामा परेका ८ करोड ६९ लाख किसानलाई अप्रिलको पहिलो हप्तासम्म दुई हजार रूपैयाँका दरले किस्ता दिने बताएका छन्।
भारतमा अहिलेसम्म कोरोनाभाइरसका कारण ६५९ जना संक्रमित बिरामीहरू पुष्टि भइसकेका छन् भने १३ जनाले ज्यान गुमाइसकेका छन्।