काठमाडौं जिल्ला प्रशासन कार्यालयले लकडाउन लागू भएपछि प्रहरीले ल्याएका सबै मुद्दाका प्रतिवादीलाई साधारण तारेखमा छोडेको छ।
कार्यालयको मुद्दा शाखाका नायब सुब्बा राजन घिमिरेले मंगलबार ३८, बुधबार २७ र बिहीबार १६ जना प्रतिवादीमध्ये कतिपयलाई धरौटी र कतिपयलाई साधारण तारेखमा छोडेको बताए।
प्रमुख जिल्ला अधिकारीले कालोबजारी, अभद्रव्यवहारसम्बन्धी मुद्दा हेर्छन्।
काठमाडौं जिल्ला प्रमुख अधिकारीले लकडाउनपछि कालोबजारी र अभद्र व्यवहारका ८१ जना प्रतिवादीलाई यसरी छोड्ने आदेश गरेका हुन्।
लकडाउनअघि नै कारागारमा भीडभाड कम गर्न भन्दै धरौटी तिर्न नसकेका बन्दीलाई साधारण तारेखमा छोड्ने निर्णय उनले गरेका थिए।
यसरी उनले २७ बन्दीलाई छोडेका थिए।