प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार देशवासीलाई सम्बोधन गर्ने तयारी गरेका छन्।
बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओलीले कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले गरिरहेका कामबारे सम्बोधन गर्न लागेका हुन्।
‘भोलि सम्बोधन गर्ने तयारी छ तर समय तय भएको छैन,’ स्रोतले भन्यो।
यसअघि प्रधानमन्त्रीले आजै देशवासीका नाममा सम्बोधन गर्ने बताइएको थियो।
लक डाउन जारी हुनुअघि प्रधानमन्त्री ओलीले चैत ७ गते देश देशवासीलाई सम्बोधन गरेका छन्।