प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको पदाधिकारी बैठक बसेको छ।
मंगलबार विहान १० बजे सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बैठक सुरू भएको हो।
कोरोनाभाइरस संक्रमणको संख्या वृद्धि भइरहेको अवस्थामा पार्टीले सरकार र अन्य क्षेत्रमा गर्न सक्ने सहयोगबारे बैठकमा छलफल हुने कांग्रेसले जनाएको छ।
प्रवक्ता विश्वप्रकाश शर्माले पदाधिकारी बैठक बसेको सेतोपाटीलाई जानकारी दिए। कांग्रेसले कोरोना परीक्षणको दायरा वृद्धि गर्न सरकारलाई पटकपटक आग्रह गर्दै आएको छ।
दैनिक ज्यालादारीलाई राहत उपलब्ध गराउन पनि कांग्रेसले सरकारलाई आग्रह गरेको छ। यस्तै कोरोनाबारे आवश्यक जानकारी दिन वेब एप पनि कांग्रेसले सञ्चालनमा ल्याएको छ।