प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य स्वयम सेविकालाई थप एक हजार पाँच सय रूपैंया भत्ता दिइने बताएका छन्।
मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य स्वयम सेविकालाई थप एक हजार पाँच सय भत्ता दिने निर्णय भएको जानकारी गराएका हुन्।
‘महिला स्वास्थ्य स्वयम सेविकालाई थप पन्ध्र सय भत्ता दिन्छौं,’ प्रधानमन्त्री ओलीले भने।
गाउँदेखि सहरसम्म कोरोना सचेतना अभियानमा स्वास्थ्य स्वयम सेविकाहरू परिचालन भएका छन्।